जसपाका दुई मन्त्रीले लिए शपथ
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०८० | १२:१७:२६
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।आइतबार नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्रीमा नवलकिशोर साहले शपथ लिएका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
यसअघि फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए । जसपाका अध्यक्ष यादव र सांसद साहले मन्त्री पदको शपथ लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद् २१ सदस्यीय भएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २७, २०८० |
१२:१७:२६
2487