प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप
प्रकाशित मिति: सोमबार, फाल्गुण २८, २०८० | १२:४८:२२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको छ । प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पर्सि ३० गते विश्वासको मत लिने कार्यसूची छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २८, २०८० |
१२:४८:२२
2597