गृहमन्त्री रविमाथि प्रश्न उठाउँदै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
प्रकाशित मिति: बिहिबार, चैत्र ०१, २०८० | ११:५५:०७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् ।
साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिनेगरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०१, २०८० |
११:५५:०७
3059