राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
प्रकाशित मिति: शुक्रबार, चैत्र ०२, २०८० | ८:५६:५१
काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सबन्धी पत्रको ब्योहोरा जानकारी गराउने छन । अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
साथै, आ.ब. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०२, २०८० |
८:५६:५१
2289