कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
प्रकाशित मिति: शुक्रबार, चैत्र ०२, २०८० | १२:१२:३४
काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
‘आफूमाथि प्रश्न बोकेर उहाँ (लामिछाने) गृहमन्त्री बन्न हुँदैन थियो’, प्रतिनिधि सभा सदस्य पौडेलले भने, ‘त्यसैले उच्च नैतिकता देखाएर उहाँलाई पदबाट राजीनामा दिन म माग गर्दछु ।’
प्रकाशित मिति : शुक्रबार, चैत्र ०२, २०८० |
१२:१२:३४
1563