सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छ : सुदन किराँती
प्रकाशित मिति: शुक्रबार, चैत्र ०२, २०८० | १३:१५:५३
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेन्डर तयार गरेर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किरातीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताए ।
सांसद किरातीले क्यालेन्डर नै तयार गरेर दुर्घटना न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए । उनले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्यूनीकरणका लागि ध्यान पुर्याउन नसकेको बताए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०२, २०८० |
१३:१५:५३
1739