सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा
प्रकाशित मिति: शनिबार, चैत्र ०३, २०८० | ९:५९:४८
काठमाडौँ । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक आज बिहान बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान कार्यदलको बैठक बस्न लागेको हो ।
कार्यदलले हिजो नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । नीति तथा कार्यक्रमलाई गठबन्धनका शीर्ष नेताहरूसमक्ष प्रस्तुत गर्नुपूर्व कार्यदलको बैठक बस्न लागेको हो ।
प्रकाशित मिति : शनिबार, चैत्र ०३, २०८० |
९:५९:४८
1827