सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ
प्रकाशित मिति: सोमबार, चैत्र ०५, २०८० | ११:०९:०६
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाइ मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र ०५, २०८० |
११:०९:०६
2311