गृहमन्त्रीविरूद्ध सिंहदरबार बाहिर नेविसंघको प्रदर्शन,१५ जना पक्राउ
प्रकाशित मिति: मंगलबार, चैत्र ०६, २०८० | ११:१०:५८
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी नेविसंघका १५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेकाे छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घाेषणा गरिएकाले प्रदर्शन गर्न निषेध गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र ०६, २०८० |
११:१०:५८
3499