रविको बचाउ गर्दै ओलीले भने- कांग्रेसतिर लागेन भनेर बदनाम गर्न खोज्ने ?
प्रकाशित मिति: मंगलबार, चैत्र ०६, २०८० | १२:३२:५७
चितवन , ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले कांग्रेस गृहमन्त्री लामिछानेलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप लगाए ।
सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले राजीनामा मागिरहेको बेलामा उनले भने, ‘उनी सहकारी डुबाउने कुरामा लागेका छन् ? पैसा उठाउने सञ्चालक हुन् ? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ ? कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’
बरु तत्कालीन समयमा कांग्रेसबाट भएका मन्त्रीले झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएर छानबिन र अनुसन्धान प्रभावित गर्न खोजेको ओलीले दाबी गरे ।
प्रकाशित मिति : मंगलबार, चैत्र ०६, २०८० |
१२:३२:५७
1717