तीन वटा संसदीय समितिको बैठक बस्दै
प्रकाशित मिति: शुक्रबार, चैत्र ०९, २०८० | १०:३६:०५
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरी दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ। बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धी छलफल हुनेछ कार्यसूची रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०९, २०८० |
१०:३६:०५
2113