बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता लिने सरकारको निर्णय
प्रकाशित मिति: शुक्रबार, चैत्र ०९, २०८० | १७:४४:२९
काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाले पाएको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइने भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।
‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०९, २०८० |
१७:४४:२९
2157