सुनकोसीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता
प्रकाशित मिति: आइतबार, चैत्र ११, २०८० | १९:४४:४७
काठमाडाैँ । होली मनाएर सुनकोसी नदीमा पौडी खेल्न गएका उदयपुरका तीनजना बालबालिका आइतबार बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका तीनजना बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर बेपत्ता भएका हुन् । होली मनाएर साउनेको धाप्लाङघाटस्थित पौडी खेल्न गएका उनीहरू डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक थापा बताए ।
उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई स्थानीयले सुनकोसीबाट उद्धार गरेको प्रहरीले जनाएको छ । बेपत्ता भएका बालबालिकाहरूको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ११, २०८० |
१९:४४:४७
1607