ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु
प्रकाशित मिति: सोमबार, चैत्र १२, २०८० | ९:१४:४५
काठमाडौं । ललितपुरमा ढाेलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति होली खेल्ने क्रममा दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । झडपमा परी सुनसरी घर भई ढाेलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १२, २०८० |
९:१४:४५
3125