राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा
प्रकाशित मिति: मंगलबार, चैत्र १३, २०८० | १६:४३:२२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा विकृति बढ्दै गएको बताएका छन् । दिवंगत नेता नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा ुनेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशीु विषयक विचार गोष्ठीलाई मंगलबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले । उनीहरू आउँछन्, लटरपटर बनाउँछन् जान्छन्’, थापाले भने, ‘हामीलाई इमान्दार मान्छे चाहियो। हामीलाई गति र मति भएका दुवै मान्छे चाहिएको छ ।’ कांग्रेसले ठिक ढंगले आफ्नो लय पक्रनुपर्ने उनले बताए। जनताले लामो समयदेखि धैर्यता राखिरहेको उनले बताएका छन् ।
प्रकाशित मिति : मंगलबार, चैत्र १३, २०८० |
१६:४३:२२
1783