गृहमन्त्री लामिछानेलाई राज्य व्यवस्था समितिले बोलायो
प्रकाशित मिति: मंगलबार, चैत्र १३, २०८० | १८:१९:४१
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । बुधबार बिहान ११ बजे बस्ने समितिको बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो ।
समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।उपप्रधान तथा गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले समितिको बैठकमा सहभागी हुन पत्र प्राप्त भएको बताइन् ।
प्रकाशित मिति : मंगलबार, चैत्र १३, २०८० |
१८:१९:४१
1805