पाल्पामा नुहाउन गएकी किशोरीको शव फेला
प्रकाशित मिति: बुधबार, चैत्र १४, २०८० | १०:५६:१३
काठमाडौँ । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । मंगलबार बिहान खोलामा नुहाउन गएकी १९ वर्षीया पद्मा सुनारको शव फेला परेको हो ।रिब्दीकोट गाउँपालिका(१ ख्याहाकी १९ वर्षीया सुनारको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनको हत्या भएको हुन सक्ने आशंका गरिएको जनाएको छ । खोलाबाट फर्किने क्रममा उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।
यद्यपी अनुसन्धान भइरहेकाले के कति कारणले घटना भएको हो भन्नेबारेमा भन्न नसकिने पाल्पा प्रहरीले जनाएको छ । पद्मा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।
प्रकाशित मिति : बुधबार, चैत्र १४, २०८० |
१०:५६:१३
2267