प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता
प्रकाशित मिति: बिहिबार, चैत्र १५, २०८० | ११:४९:४४
काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो । नयाँ गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा पहिलाेपटक बालुवाटार पुगेका हुन् । भेटमा देउवालाई संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्। प्रधानमन्त्रीको आग्रहमा देउवाले सकारात्मक जवाफ दिएका स्रोतले जनाएको छ ।
यस्तै संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा पनि दुई नेताबचि छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०८० |
११:४९:४४
1783