एमाले नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना
प्रकाशित मिति: बिहिबार, चैत्र १५, २०८० | ११:५४:३४
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ । बुधबार रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
चिकित्सकहरुले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०८० |
११:५४:३४
2003