प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
प्रकाशित मिति: बिहिबार, चैत्र १५, २०८० | १२:५३:४२
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले चैत १८ गते बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद् बैठक बोलाएका हुन् । बैठकमा संवैधानिक निकायहरूमा रिक्त रहेका स्थानमा नियुक्तिलगायत विषयमा बैठकमा छलफल गर्ने एजेन्डा रहेको बताइएको छ ।
प्रधानमन्त्री दाहालले बिहीबार बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनीहरुबीच संवैधानिक परिषद् बैठकबारे कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०८० |
१२:५३:४२
4093



















