राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
प्रकाशित मिति: बिहिबार, चैत्र १५, २०८० | १५:०२:५५
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् ।
नयाँ सत्ता समीकरणमा अध्यक्ष माओवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् । राष्ट्रिय सभाको उपाध्यक्षमा यस अघि एमालेको दाबी रहेपनि एकीकृत समाजवादीले दाबी गरेपछि एमालेले छोडेको थियो ।
प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०८० |
१५:०२:५५
3279