बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
प्रकाशित मिति: शनिबार, चैत्र १७, २०८० | १८:५८:०८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।शान्ति प्रक्रिया र संवैधानिक परिषद्को बिषयमा छलफल गर्न प्रचण्डले ओली र देउवालाई सँगै बोलाएका हुन् । नयाँ सत्ता समीकरण बनेपछि ओली र देउवा एकै पटक बालुवाटार पुगेको यो पहिलो हो । यसअघि ओली र देउवासँग प्रचण्डले बेग्लाबेग्लै छलफल गरेका थिए ।
बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक बिषयमा पनि हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले भोलि बिहानका लागि संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १७, २०८० |
१८:५८:०८
1937