प्रधानमन्त्री र प्रहरी प्रमुखले गृहमन्त्रीलाई ‘क्लिन चिट’ दिए : काँग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाएर गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न माग गरेको छ । सहकारी ठगीमा संलग्न रहेको भन्दै काँग्रेसले लामिछानेको संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको हो । आइतबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै समय लिएर बोल्दै कांग्रेस सांसद सन्जय गौतमले लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रहरी प्रमुख बसन्त कुँवरले ‘क्लिन चिट’ दिएको भन्दै आपत्ति जनाए । उनले संसदीय छानबिन समिति नबने लामिछानेको विषयमा कसरी निष्पक्ष छानबिन हुन्छ भन्दै प्रश्न गरे । उनले भने, ुहामीले संसदीय समितिको माग गरेको छौँ ।
गोरखा मिडिया नेटर्वकका नाममा ८० करोडभन्दा बढी सहकारीको रकम जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा छैन । ९० हजार जनताले कसरी न्याय पाउने भयो | गौतमले यो विषय गृहमन्त्रीको नैतिकतासँग जोडिने भन्दै स्वार्थ बाझिने काम भइरहेको पनि उल्लेख गरे । पूर्वअर्थमन्त्रीद्वय रामशरण महत र जर्नादन शर्मा तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको उदाहरण दिँदै लामिछानेलाई नैतिकता देखाउन उनले आग्रह गरे ।