गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
प्रकाशित मिति: आइतबार, चैत्र १८, २०८० | १४:०५:२०
काठमाडौँ । गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो । प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह पे्रमीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा ११ः३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र १८, २०८० |
१४:०५:२०
2333