दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु
प्रकाशित मिति: बुधबार, चैत्र २१, २०८० | १२:००:११
काठमाडौँ । दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका-१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारले जनाएको छ । उनकाे बर्निङ अस्पतालमा निधन भएकाे हाे। गत शुक्रबार दिउँसाे घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो । विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेकाले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पीडित परिवारले गरेकाे छ ।
प्रकाशित मिति : बुधबार, चैत्र २१, २०८० |
१२:००:११
1827