कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
प्रकाशित मिति: बुधबार, चैत्र २१, २०८० | १७:०५:५०
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् । सत्ता गठबन्धनको सहमतिअनुसार एमालेले मुख्यमन्त्री पाएपछि उनले राजीनामा दिएका हुन् । यसअघि उनी प्रदेशसभामा विश्वासको मत लिएर मात्रै पद छाड्ने अडान राख्दै आएका थिए । तर, अन्त्यमा त्यसअघि नै पद छाडेका हुन् ।
प्रकाशित मिति : बुधबार, चैत्र २१, २०८० |
१७:०५:५०
1761