कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने
प्रकाशित मिति: बिहिबार, चैत्र २२, २०८० | १०:४९:४५
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम-२ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन् ।
शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन् । कांग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ। यसैगरि दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र २२, २०८० |
१०:४९:४५
2069