कांग्रेसले बोलायो संसदीय दलको बैठक
प्रकाशित मिति: सोमबार, चैत्र २६, २०८० | १३:०२:४६
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बाेलाइएकाे छ । यही चैत २७ गते बस्ने गरी बैठक बाेलाइएको हाे । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र २६, २०८० |
१३:०२:४६
2377