कोशीमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा
प्रकाशित मिति: सोमबार, चैत्र २६, २०८० | १६:१६:१०
काठमाडौँ । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् । माओवादी संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै मन्त्रीहरूले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्की रहेका छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र २६, २०८० |
१६:१६:१०
1519