कांग्रेसले राखेको संसदीय दल गठनको माग अस्वीकार गर्छौं : रास्वपा
प्रकाशित मिति: सोमबार, चैत्र २६, २०८० | १६:१७:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राखेको माग अस्वीकार गरेको छ । सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै कांग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफुहरुले अस्वीकार गर्ने बताए । परियारले भोलिको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धि विधेयक पेश गर्ने दाबि गरे ।
सहकारी प्रकरणमा समाधानसहितको प्रतिवेदन रास्वपाले यस अघि नै पेश गरेको बताउदै गृहमन्त्रीमाथि समिति बनाएर कारवाही गर्ने विषय मात्र सहकारी समस्याको समाधान नभएको उनले बताए ।
प्रकाशित मिति : सोमबार, चैत्र २६, २०८० |
१६:१७:५२
1761