सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरी पदमुक्त
प्रकाशित मिति: सोमबार, चैत्र २६, २०८० | १६:२०:५०
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना निकालि सार्वजनिक गरेका हुन् ।
प्रकाशित मिति : सोमबार, चैत्र २६, २०८० |
१६:२०:५०
3521