नेपाल र वेस्टइन्डिज ए बीचको खेल तालिका सार्वजनिक
प्रकाशित मिति: मंगलबार, चैत्र २७, २०८० | ८:५०:२६
काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएकोछ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो । जस अन्तर्गत नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुने भएको छ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । सबै खेल टीयु क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।
वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारीमा रहेको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र २७, २०८० |
८:५०:२६
2597