मोजाम्बिकमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १०० पुग्यो
प्रकाशित मिति: मंगलबार, चैत्र २७, २०८० | ८:५३:३४
काठमाडौं । पूर्वी अफ्रिकी देश मोजाम्बिककाे समुन्द्रमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा मृत्यु हुनेकाे संख्या १०० पुगेकाे छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा धेरै बालबालिका छन् । माछा मार्ने उक्त डुङ्गामा १३० जना सवार थिए, जुन क्षमताभन्दा बढी थियो। हालसम्म ५ जनालाई जिवित उद्दार गरिएकाे जनाइएकाे छ । दुर्घटनामा बेपत्ताकाे खोजी कार्य जारी छ । स्थानीय सञ्चार माध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो ।
नाम्पुला सचिव जेमे नेटोले भने कि डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको थियो । यसमा सवार सबै मानिस बच्न बसाइ सरिरहेका थिए ।
प्रकाशित मिति : मंगलबार, चैत्र २७, २०८० |
८:५३:३४
2201