प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ कार्यसुची
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे उक्त बैठक बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सबन्धित सम्झौता’ को प्रावधान माथी सदनमा छलफल गरियोस र अनुमोदन गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उप प्रधानमन्त्री एवमं गृह मन्त्री रवी लामिछानेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।
साथै, उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधुतीय ब्यापार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।