राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन कार्यक्रम सुरु
प्रकाशित मिति: बुधबार, चैत्र २८, २०८० | १४:०३:१०
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरु भएको छ ।आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा (एमाले) का विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको सूचना प्राप्त हुन आएको जानकारी गराए ।
बैठकमा ती प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि निर्वाचन हुने कार्यक्रम छ । सभाका उपाध्यक्ष उर्मीला अर्यालले राजीनामा दिएपछि सो पद रिक्त भएको थियो ।
प्रकाशित मिति : बुधबार, चैत्र २८, २०८० |
१४:०३:१०
2179