कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने
प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०८० | २१:२१:१२
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताए । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताए । मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार गठन गर्न वर्तमान सरकारमा सहभागी हुन आग्रहसमेत गरे । उनले प्रदेशको समृद्धि, जनताको इच्छाचाहनालाई पूरा गर्न साथ र सहयोग दिन सबै राजनीतिक दललाई अनुरोध गरे ।
मुख्यमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिइसकेको अवस्थामा आगामी दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ३०, २०८० |
२१:२१:१२
2531