धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते
प्रकाशित मिति: आइतबार, बैशाख ०२, २०८१ | १२:१७:०१
काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै ट्रकमा सवार अन्य ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ०२, २०८१ |
१२:१७:०१
1981