एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
प्रकाशित मिति: बुधबार, बैशाख ०५, २०८१ | १२:१३:४९
काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए ।
लामा २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट ५ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।
प्रकाशित मिति : बुधबार, बैशाख ०५, २०८१ |
१२:१३:४९
5325



















