नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ
प्रकाशित मिति: बिहिबार, बैशाख ०६, २०८१ | १६:४८:३०
काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रष्ठले रायालाई सपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति थिए । संवैधानिक परिषद्को सिफारिस र सङ्घीय संसदअन्तर्गत संसदीय सुनुवाई समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गरेका थिए ।
यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा प्रमुख तथ्याङ्क अधिकारीको भूमिकामा रहेका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय, उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०६, २०८१ |
१६:४८:३०
2223