पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
प्रकाशित मिति: शुक्रबार, बैशाख ०७, २०८१ | १८:१६:५४
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको हो । दोषी ठहर पौडेलको सजाय निर्धारणका लागि वैशाख २५ गते मिति तोकिएको छ ।
यो प्रकरणमा निलम्बित सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ । सुरक्षण मुद्रणको खरिदमा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे अनियमितता गरेको भन्दै विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०७, २०८१ |
१८:१६:५४
1783