गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी
प्रकाशित मिति: शनिबार, बैशाख ०८, २०८१ | ११:५३:५२
काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । शुक्रबारलाई डाकिएको बैठक कांग्रेसले बहिष्कार गरेपछि मुख्यमन्त्री अधिकारीले यो निर्णय लिएका हुन् ।
प्रकाशित मिति : शनिबार, बैशाख ०८, २०८१ |
११:५३:५२
1101