सहकारी पीडितहरूलाई न्याय नदिलाएसम्म राजनीतिबाट विश्राम नलिने गृहमन्त्रीको घोषणा
प्रकाशित मिति: मंगलबार, बैशाख ११, २०८१ | १७:४२:३८
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् । सहकारी पीडितहरूलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने उनले घोषणा गरेका हुन् । इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, बैशाख ११, २०८१ |
१७:४२:३८
1607