बारामा करेन्ट लागेर युवक यादवको मृत्यु
प्रकाशित मिति: बिहिबार, बैशाख १३, २०८१ | ९:५८:३६
काठमाडौँ । बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका अन्तर्गत चैते धान र मकै बालीमा पानी पटाउने क्रममा मोटर बाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १० देवापुर टेटा गाउँका २५ वर्षीय काशीराज यादव रहेको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताएका छन । बुधवार राती खेतमा मोटर बाट पानी पटाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका यादव लाई उपचारको लागि कलैया तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख १३, २०८१ |
९:५८:३६
2135