रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे मतदान
प्रकाशित मिति: शनिबार, बैशाख १५, २०८१ | ९:०५:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले इलामको माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनता कल्याण माविमा रहेको मतदानस्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।
सोही मतदानस्थलको (क) केन्द्रमा ईलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले समेत मतदान गरेका छन् । यो केन्द्रमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन्। जसमध्ये ‘क’ केन्द्रमा ५ सय ५८ र ‘ख’ केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख १५, २०८१ |
९:०५:५३
2179