इलाम-२ मा सुहाङले लिए अग्रता, ३४५ मतले पछि परे डम्बर
प्रकाशित मिति: आइतबार, बैशाख १६, २०८१ | १९:०१:०२
काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ । मतगणना अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । नेम्वाङले २५४२ मत ल्याएका छन् । यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिरहेका थिए। अहिले खड्काले २१९७ मत ल्याएका छन् । सुहाङ र डम्बरबीचको मतान्तर ३४५ रहेको छ ।
फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २ र ३ को गणना हुँदा डम्बरले अग्रता लिएका थिए। तर, वडा नम्बर ४ मा भने सुहाङले अग्रता लिएका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन्।
प्रकाशित मिति : आइतबार, बैशाख १६, २०८१ |
१९:०१:०२
2069