भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा
प्रकाशित मिति: शुक्रबार, बैशाख २१, २०८१ | १९:२८:२७
काठमाडौँ । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश धनञ्जय यशवंत (डिवाई) चन्द्रचुड नेपाल आइपुगेका छन् । शुक्रबार अपराह्न उनी काठमाडौँ आइपुगेका हुन् । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायशीश चन्द्रचुड नेपाल आएका हुन् । सर्वोच्च प्रशासनका अनुसार शनिबार काठमाडौंमा केन्द्रीय बाल न्याय समितिले आयोजना गर्ने कार्यक्रममा चन्द्रचुडले मुख्य वक्ताको रुपमा प्रस्तुति दिनेछन् ।
साथै, चन्द्रचुड र श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । प्रधानन्यायशीश चन्द्रचुड आइतबार बेलुकी भारत फर्किने कार्यक्रम छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २१, २०८१ |
१९:२८:२७
1607