गण्डकीका मुख्यमन्त्रीले मागे विश्वासको मत
प्रकाशित मिति: आइतबार, बैशाख २३, २०८१ | १६:०५:२७
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । आइतबार बसेकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत मागेका हुन् । गत चैत २५ गते संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना पुग्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २३, २०८१ |
१६:०५:२७
1651