काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु
प्रकाशित मिति: आइतबार, बैशाख २३, २०८१ | १९:३८:२८
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । सख्वाँ डेरीमा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो । पम्पबाट पानी तान्ने क्रममा विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : आइतबार, बैशाख २३, २०८१ |
१९:३८:२८
1343