वैवाहिक बलात्कार आरोप लागेका गायक ओडले गरे प्रहरीमा आत्मसमर्पण
प्रकाशित मिति: आइतबार, बैशाख ३०, २०८१ | ९:३३:५६
चितवन । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा ओडले बिहीबार आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए । ओडलाई नियन्त्रणमा राखेर जिल्ला अदालतबाट ५ दिनको म्यादन थप गरेर अनुसन्धान भइरहेको उनले बताए । नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध उनकी श्रीमतीले गत २० चैतमा वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। उनी सांगीतिक कार्यक्रममा देश बाहिर भएका कारण प्रकाउ परेका थिएनन् ।
प्रकाशित मिति : आइतबार, बैशाख ३०, २०८१ |
९:३३:५६
1409