खेत जोत्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु
प्रकाशित मिति: आइतबार, बैशाख ३०, २०८१ | १८:३६:३७
चितवन । खेत जोत्ने क्रममा बिजुली अडाएको तारबाट करेन्ट लागेर आज एक किसानको ज्यान गएको छ । नौवहिनी गाउँपालिका–६ छम प्यूठानका २८ वर्षीय सन्तोष परियारको करेन्ट लागेर ज्यान गएको हो । करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल विजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हुमानन्द खनालले बताए । मृतक परियार केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी फोप्लीको लुप्लुङबाट बसाइँसरेर नौबहिनी–६ स्थित छममा गएका हुन् ।
प्रकाशित मिति : आइतबार, बैशाख ३०, २०८१ |
१८:३६:३७
2267